२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहममा खुसी ल्याउने माउरिन्होको बाचा



अ+ अ-

टोटेनहमका नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबमा खुसी ल्याउने बाचा गरेका छन् । ५६ बर्षका पोर्चुगिज माउरिन्हो बुधबार क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए । मंगलबार राति माउरिसियो पोचिटिनो क्लबबाट जोसे माउरिन्हो बर्खास्तमा भएका थिए । त्यसलगतै माउरिन्होलाई टोटेनहमको जिम्मेवारी सुम्पिएको थियो ।

प्रियिमर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक समेत रहेका माउरिन्होले टोटनहमको वर्तमान टिमको स्तरको प्रशंसा गरेका छन् । त्यस्तै उनले विश्वस्तरीय रंगशाला र ट्रेनिङ गरिने मैदानको समेत खुलेर प्रशंसा गरे । क्लबको टिभीलाई अन्तरवार्ता दिदै उनले भनेका छन्, ‘क्लबलाई माया गर्नेका लागि हरेक किसिमको खुसीयाली ल्याउन कोशिश गर्नेछु ।’

सन् २०२२–२३ को सिजन सम्मका लागि माउरिन्होले क्लबसंग सम्झौता गरेका छन् । उनले आधारभुत तलबको रुपमा ८ मिलियन डलर क्लबबाट पाउनेछन् । टोटेनहम पछिल्ला पाँच खेलमा जित निकाल्न असफल छ । क्लब प्रिमियर लिग तालिकाको १४ औ स्थानमा छ । जम्मा १२ खेल सकिँदा क्लब शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ ।