२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक भिसामा कडाइ, गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिक निष्कासित



अ+ अ-

काठमाडौं । सरकारले गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा आएका तीनैजना कम्युटर इन्जिनियर हुन्।साउन ७ गतेसम्म पर्यटक भिसामा रहेका उनीहरू त्यसपछि गैरकानुनी बसेका थिए। उनीहरूलाई अध्यागमन विभागले गत साउन २८ गते निष्कासन गरेको थियो। नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा एक सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्।

उनीहरू ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बो नामक आईटी कम्पनीमा काम गर्न आएका थिए। निष्कासित हुनेमा आन प्योनोयाङ, क्वान जुङ मिन र क्वान गुक छन्। नेपाल सरकारले उत्तर कोरियालीमाथि कडाइ गरेको पत्तो पाएपछि उनीहरू भिसाबारे बुझ्न अध्यागमन विभागमा पुगेको स्रोतले बताएको छ। विभागले तीन सातादेखि उत्तर कोरियाली भिसाबिनै नेपाल बसेको थाहा पाएपछि उनीहरूलाई निष्कासन प्रक्रिया थालेको थियो।

विभागका निर्देशक रामचन्द्र तिवारीले गैरकानुनी ढंगले बसेका तीन उत्तर कोरियालीलाई निष्कासन गरेको पुष्टि गरे। उनले भने, ‘ओभर स्टे’ भएकालाई निष्कासन गर्नु सामान्य प्रक्रिया हो। उत्तर कोरियाली मात्र होइन अन्य धेरै मुलुकका नागरिक निष्कासित भएका छन्।’ उत्तर कोरियाली नागरिक घुम्नकै लागि मात्र नेपाल आउँदैनन्। निकालिएका उत्तर कोरियाली नागरिकबारे अध्यागमन विभागसमेत मौन थियो। विभागले अध्यागमन कानुन उल्लंघन गर्ने जोकोही विदेशीलाई कारबाही गर्नु वा निष्कासन गर्नु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ।

पर्यटक भिसामा आएका उनीहरूले नेपाल बसाइका क्रममा के गरे भन्नेबारे विभाग अनभिज्ञ छ। सरकारले उत्तर कोरियालीको लगानी फिर्ता लैजान आग्रह गरेपछि आईटी कम्पनीमा काम गर्न आएका केही इन्जिनियर फिर्ता भएका थिए भने ३ जना विनाभिसा नेपाल बस्दै आएका थिए।उत्तर कोरियालीले योङ बोङ चन्द नामक अर्को आईटी कम्पनीसमेत सञ्चालनमा ल्याएका थिए। उक्त कम्पनीका लागि आएका उत्तर कोरियाली इन्जिनियरसमेत फर्किसकेका छन्।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी कार्यान्वयन गर्न सरकार अग्रसर देखिएको छ। केही चिनियाँ कम्पनीले उत्तर कोरियाली कामदार नेपाल ल्याउन इच्छा देखाएका छन्। सरकारले नाकाबन्दी कार्यान्वयन तीव्र पारिरहेका बेला एक चिनियाँ कम्पनीले सुटुक्क २० जना उत्तर कोरियाली नागरिकलाई भित्र्याएको स्रोतले बताएको छ। धादिङको एक सिमेन्ट कम्पनीमा काम गर्न चिनियाँ कम्पनीले गत असार २३ गते २० जना उत्तर कोरियालीलाई पर्यटक प्रवेशाज्ञामा ल्याएका थिए।

सस्तोमा काम लगाउन पाइने भएपछि चिनियाँ कम्पनीले उत्तर कोरियाली कामदार भित्र्याउन प्रयास गरेका हुन्। उनीहरूले उक्त कम्पनीमा केही दिन काम गरे। तर निरन्तर पानी परेपछि सिमेन्ट कम्पनी भएको उक्त क्षेत्रमा पहिरो गयो। असार ३० देखि उक्त कम्पनीको नियमित कार्य रोकियो। उत्तर कोरियाली बेकामे भए। उत्तर कोरियाली दूतावासको समन्वयमा आएका उनीहरू भदौ २२ र २५ गते स्वदेश फर्किएको अध्यागमन स्रोतले बताएको छ।

सरकारले नेपालमा गरेको आफ्नो लगानी फिर्ता गर्न उत्तर कोरियालीलाई पत्राचार गरिसकेको छ।तनहुँमा रहेको ने कोर्यो अस्पताल बेचर उत्तर कोरियाली चिकित्सक फर्किसकेका छन्। काठमाडौंमा रहेका प्योङयोङ आरेराङ, मिनाज लगायतका उत्तर कोरियाली लगानीमा सञ्चालित रेस्टुरेन्ट बन्द भइसकेका छन्।

नेपालीलाई अघि सारेर त्रिपुरेश्वरमा पछिल्लोपटक खोलेको रेस्टुरेन्ट भने यथावत् रहेको स्रोतले बतायो। दरबारमार्गस्थित राइजिङ मलको तेस्रो तलामा रहेको बोटाङगाङ रेस्टुरेन्ट उत्तर कोरियालीले सञ्चालन गर्दै आएका छन्। त्यहाँ काम गर्ने अधिकांश उत्तर कोरियालीको व्यापारिक प्रवेशाज्ञा सकिएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट