२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचबुँदे सहमति अनुरुप प्रधानमन्त्री ओली पाँच वर्षका लागि कार्यकालमै यथावत, पार्टि अध्यक्षमा प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी बाँडफाँड गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले पार्टी एकताका क्रममा २ जेठ ०७५ मा भएको पाँचबुँदे सहमतिअनुसार दुई अध्यक्षको जिम्मेवारी टुंग्याएको हो । सचिवालयको निर्णयअनुसार केपी ओली पूर्ण कार्यकाल (पाँच वर्ष) सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीका रूपमा सरकारको काममा केन्द्रित हुनेछन् ।

त्यस्तै, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनेछन् । बैठकको अध्यक्षता संयुक्त रूपमा हुने भनिए पनि आमरूपमा भने प्रचण्ड नै अध्यक्षका रूपमा सक्रिय हुने सचिवालयको निर्णयमा उल्लेख छ । ‘अध्यक्ष कमरेड केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने, बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने,’ निर्णयमा भनिएको छ ।

पार्टीले कार्यविभाजन स्पष्ट पारेको महासचिव विष्णु पौडेलको दाबी छ । ‘नेपाली अक्षरमा सबैले बुझ्ने गरी निर्णयको बुँदामा सबै कुरा प्रस्ट लेखिएको छ, दुई अध्यक्षबीच विग्रहको खेती गर्ने र नेकपाभित्र समस्या सिर्जना होस् भन्दै धुप बालेर बस्नेहरूलाई सचिवालयको निर्णयले जवाफ दिएको छ, अब उनीहरू निराश भएका छन्,’ उनले भने ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार बिहान भेट गरेपछि बसेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको हो ।ओली र प्रचण्डले मंगलबार पनि राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेको उच्चस्रोतले जनाएको छ । यद्यपि, राष्ट्रपति कार्यालयले भने दुई अध्यक्ष नियमित शिष्टाचार भेटवार्ताको सिलसिलामा राष्ट्रपति कार्यालय आएको जनाएको छ । नयाँ पत्रिका दैनिकबाट