२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ’



अ+ अ-

रुकुमपूर्व । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भन्नुभयो । मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पुर्याउन अनुदानकोे लागि प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ । सङ्घीयता कार्यान्वयनपछिको ७७औँ जिल्लाकोरुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागि नसकेको अवस्थामा उहाँले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे पैmसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राख्नुभयो ।
उत्तरगङ्गा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उहाँले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताउनुभयो । उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उहाँको भनाइ छ । यसै क्रममा उहाँले पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलकोसमेत उद्घाटन गर्नुभयो ।