११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी काठमाडौं आउदै गरेको बस दुर्घटना



अ+ अ-

दोलखा । दोलखाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उकालोमा रोकिराखेको बा३ख२९९७ नम्बरको गौरिशंखर बस पल्टिँदा ७० वर्षीय कुमारी तामाङको मृत्यु भएको हो।

बुधबार दिउँसो साढे १२ बजे दोलखाको चरिकोटबाट काठमाडौंका जाँदै गरेको बसभिमेश्वर नगरपालिका ८ दोलखामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उकालोमा रोकेको बस ब्याक भइ पल्टिँदा च्यापिएर उनको मृत्यु भएको छ भने ६ महिनाको बालक र आमा झर्दै गर्दा सामान्य घाइते भएका छन्। उनीहरुको उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।

बसलाई सडकबाट हटाउन डोजरको प्रयोग गरिएको छ, भने थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।