२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको सारथी बन्छु : विद्या



अ+ अ-

कास्की । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताउनुभएको छ ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी उहाँले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्छु भन्नुभयो ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्यसमेत रहनुभएको थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अव विद्यासँग सहकार्य गरेर विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।