११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका



अ+ अ-

भक्तपुर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ । नेपाल ट्रष्टको जग्गाको गेटमा नगरपालिकाले लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना प्राप्त भएपछि सोही ठाउँमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट ती व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले उक्त जग्गा स्वामित्वमा लिन खोजेको नभई संरक्षण मात्रै गरेको जनाएको छ ।