२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्ब्रीको ह्याट्रिकमा जर्मनीको जित



अ+ अ-

युरोकप छनोटमा जर्मनीले शानदार जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले जर्मनीले हराएको हो । सुरुवाती अग्रता लिएपनि नर्दन आयरल्याण्डले अन्ततः जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो । सर्ज गन्ब्रीले ह्याट्रिक गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे ।

खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो ।समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्यो । जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ ।

तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो । उसको अब प्लेअफको सम्भावना बाँकी रह्यो । आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए ।प्लेअफमा टिमको नेतृत्व गर्ने सहमती सहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।