२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्सी चम्किँदा वेल्स युरोकपमा छनोट



अ+ अ-

आरोन राम्सीको गोलमा वेल्स युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा वेल्सले हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो । वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । सो खेलमा राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराउन सफल भए ।

खेलको १५ औ मिनेटमा पहिलो गोल गरेका राम्सीले ४७ औ मिनेटमा दोस्रो गोल पनि थपेका थिए । समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो ।

वेल्सको जितले स्लोभाकियाको युरोकप छनोटको सम्भावना सकियो । वेल्सको हार र बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पुर्याउने निश्चित थियो ।