२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन बोकेको ट्यांकर अज्ञात समूहको अपहरणमा



अ+ अ-

काठमाडौं । इन्धन बोकेको ट्यांकर अज्ञात समूहको अपहरणमा परेको छ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपोबाट आइतबार दिउँसो २० हजार लिटर डिजेल लोड लिएको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही रातिदेखि अज्ञात समूहको अपहरणमा परेको हो। पूर्वाञ्चल पेट्रोलियम ढुवानी संघका अध्यक्ष गुणराज निरौलाका अनुसार डिजेल लोड लिएको उक्त ट्यांकर विराटनगर जाँदै थियो।

विराटनगर जाने क्रममा सिरहाको लाहानमा हुलाक कार्यालय अगाडि पार्किङ गरी बि श्राम गरिरहेको अवस्थामा आइतबार मध्य रातमा चालकसहित उक्त ट्यांकर अपहरणमा परेको थियो। चालक रामदेव यादव र सहचालक उमेश यादवको आँखामा कालोपट्टी बाँधेर अज्ञात समूहले बर्दिबाससम्म लगेका थिए। बर्दिबासमा चालक र सहचालकलाई ओरालेर डिजेलसहितको ट्यांकर आफैसँगै लगेको निरौलाले जानकारी दिए।

ढुवानीकर्ता राजेशकुमार गुप्ताले चालकसहित ट्यांकर अपहरणमा परेको र पछि अपहरणकारीले चालक तथा सहचालकलाई मुक्त गरी ट्यांकर आफूसँग लगेको विषयमा नेपाल आयल निगमलाई मंगलबार बिहान लिखित जानकारी गराएका छन्। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार करिब आठ जनाको समूहमा आएका अपहरणकारी चालक र सहचालकलाई सुमो गाडीमा राखेर बर्दिबास–लालबन्दीको बीचको जंगलमा लगेका थिए।

गोइतले भने,‘ अपकरणकर्ताले ट्यांकर आफै चलाएर बर्दिबास र लालबन्दीको बीच जंगलसम्म ल्याएको फेला परेको छ। त्यहाँ चालक र सहचालकलाई मुक्त गरी ट्यांकर भने आफूसँगै लगे।’ निगमले यो घटनाको छानबिन गर्न निगमका प्रादेशिक प्रमुख अशोक साहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको छ। राजधानी दैनिकबाट