२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कुवेतसँग भिड्दै, बदला लिने अवसर



अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो घरेलु खेलको रुपमा नेपालले कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो । नेपालको दशरथ रंगशाला नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । खेल नेपाली समय अनुसार पौने ३ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला सुरु हुनेछ ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् । प्रशिक्षक कालिनले कुवेतसँगको खेल निकै महत्वपूर्ण रहेको समेत स्पष्ट पारे । ‘यस खेल हाम्रो लागि महत्वपूर्ण रहेको छ । हामी कुवेतसँग प्रतिस्पर्धा गर्न तयार छौँ । मैले खेलाडीमा फोकस गरेका छौँ । खेलाडी प्रतिस्पर्धाका लागि राम्रो मुडमा छन् ।’ प्रशिक्षक कालिनले भने ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ । छनोटको समूह ुबीु मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई आफु अनुकुलको मौसमलाई कुवेतसंग बदला लिने अवसर छ ।

विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा उपलब्ध हुने छैनन् । राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।