२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा पोर्चुगल युरोकपमा



अ+ अ-

साविक विजेता पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । आइतबार भएको खेलमा पोर्चुगलले लक्समबर्गलाई २–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो । पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र बुर्नो फर्नान्डेसले एक एक गोल गरेका थिए्र ।

लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले खेलको ८६ औं मिनेटमा गोल गर्दै पोत्चुगललाई २–० को जित दिलाएका थिए । योसँगै रोनाल्डोले राष्ट्रका लागि ९९ गोल गर्न सफल भएका छन् ।
जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो ।

८ खेलमा पोर्चुगलले १७ अंक जोड्यो । पोर्चुगलले समूहको तेस्रो स्थानको सर्बियाविरुद्ध स्पस्ट ३ अंकको अग्रता बनाउन सफल भयो । सर्बियाले ८ खेलमा १४ अंक जोडेको छ । युक्रेन ८ खेमा २० अंक जोडेर शीर्ष स्थानमा रहदै युरोकपमा छनोट भएको छ ।