२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको क्षेत्राधिकारमा थप अंकुश लगाउने क्रम जारी



अ+ अ-

प्रदेश सरकारका निर्णयमाथि छानबिन गर्न नपाउने:प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि छानबिन गर्न नपाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन संशोधनको तयारी भएको छ । मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा प्रदेश कानुनबमोजिम प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था गरिएको छ ।

हाल संघीय सरकारले गरेको नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था रहेकामा ऐनको विधेयकमा प्रदेश मन्त्रिपरिषद्को निर्णयमाथि समेत छानबिन गर्न नपाउने विषय थप गरिएको हो । आयोगको अधिकार क्षेत्रसम्बन्धी व्यवस्थामा मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णयमा आयोगले अनुसन्धान र तहकिकात तथा त्यससम्बन्धी कुनै कारबाही नगर्ने व्यवस्था छ ।

घुमाउरो ढंगले प्रदेश मन्त्रिपरिषद्लाई छुट: संघमै पनि मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि अंकुश लगाउनुपर्ने आवाज वेलावेलामा उठ्दै आएको छ । अब प्रदेशसम्मलाई पनि छुट दिने गरी मन्त्रिपरिषद्ले विधेयकमा प्रस्ताव गरेको हो । प्रदेश मन्त्रिपरिषद्लाई फरक सर्तमा यस्तो छुट दिन लागिएको छ । प्रदेशको हकमा प्रदेश कानुनबमोजिम प्रदेश मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भन्ने व्यवस्था विधेयकमा राखिएको छ ।

विधेयकको व्यवस्था ऐनका रूपमा आएमा प्रदेश कानुनले प्रदेश मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्न अधिकार दिए मात्र त्यसमा अख्तियारले छानबिन गर्न पाउनेछैन । तर, अहिलेसम्म प्रदेश मन्त्रिपरिषद्मा नीतिगत निर्णयका लागि कुनै कानुनी व्यवस्था छैन । हालको व्यवस्थामा केन्द्रमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गर्दा कानुनमा टेकेर गर्नुपर्ने अनिवार्यता छैन ।

विधेयक एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा घुमेको–घुम्यै:विद्यमान ऐनमा संशोधनको जरुरी भएको भन्दै अख्तियारले करिब एक वर्षअघि विधेयकको मस्यौदा तयार गरेर प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । तर, एक वर्ष बितिसक्दासम्म पनि विधेयक प्रधानमन्त्री कार्यालयमै थन्केको छ । विधेयकमाथि कानुन मन्त्रालयसमेतले सहमति दिएर करिब ६ महिनाअघि प्रधानमन्त्री कार्यालयमा पठाएको थियो ।

सञ्चार मन्त्रालयको वेबसाइटमा १९, २३ र २४ असारका मन्त्रिपरिषद्को निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको उल्लेख छ । तर, सो विधेयक अझै संसद्मा पुगेको छैन । मन्त्रिपरिषद्ले अख्तियारबाट आएको विधेयकको मस्यौदामा धेरै विषय थप गरेकाले विधेयक अझै प्रधानमन्त्री कार्यालयमै अड्केको स्रोतको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट