११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्प्युटर शिक्षाका लागि ‘डिजी स्कुल’



अ+ अ-

काठमाडौं । कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ ।

नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम शुरु भएपछि उनीहरुले अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउनेछन् ।

‘डिजी स्कुल’को आज यहाँ भएको उद्घाटन समारोहमा एनसिसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले उक्त कार्यक्रम बेलायत, सिङ्गापुर, पाकिस्तान, भारतलगायत देशमा लोकप्रिय रहेको बताउनुभयो । यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सञ्चालन गर्न चाहने स्कुलले सफ्ट्वेएरका कलेजमार्फत अध्यापन गराउन सक्नेछन् । डिजी स्कुल पढ्ने विद्यार्थीले स्कुलमै जाभा, पाइथन, सिउडोकोड, स्क्रटाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवयर मर्मतलगायत विषय सिक्न सक्नेछन् । यस्तै आफैँ सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने सफ्टवेरिकाका डिजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले बताउनुभयो ।

अफलाइन प्रणालीबाट समेत उक्त अध्ययन गर्न सकिनेछ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरुको प्रगति विवरण शिक्षकले चाहेका बेला सजिलै हेर्न सक्ने जनाइएको छ । नेपालका स्कुले विद्यार्थीले पनि अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याइएको हो । सन् २०१० देखि उक्त कलेजले शिक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।