२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते



अ+ अ-

काठमाडौं । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष ९आइसियु०मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।

स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।