२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व फुटबलका महान टिमहरु अर्जेन्टिना र ब्राजिलको भिडन्त हुँदै



अ+ अ-

विश्व फुटबलमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल आज हुने भएको छ । कोपा अमेरिका कपपछि यी दुई टोली शुक्रबार (आज) राति टक्राउँदै छन् । आज मैत्रीपूर्ण खेलमा आज अर्जेन्टिना र ब्राजिलले प्रतिस्पर्धा गन लागेका हुन् । खेल तटस्थ भेन्यु साउदी अरवमा हुँदैछ । कोपा अमेरिकापछि तीन महिनाको प्रतिबन्ध सकिएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पनि यही खेलमार्फत राष्ट्रिय टोलीमा फर्कदैछन् ।

ब्राजिल र अर्जेन्टिना पनि पहिलो पटक कोपा अमेरिकापछि भिड्न लागेका हुन् । कोपामा आयोजक ब्राजीलले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो । त्यही खेलमा मेस्सीले आयोजकले खेल मिलेमतो गराएको, कोपामा भ्रष्टाचार मौलाएको जस्ता आरोप लगाएका थिए । जसकारण उनी तीन महिनाको प्रतिबन्धमा परेका थिए ।

संयोगबस त्यही खेलपछि मेस्सीको भेट पुनः ब्राजिलसँग हुँदैछ । ब्राजिल टोलीमा स्टार खेलाडी नेइमार भने हुने छैनन् । चोटका कारण नेइमारले यस खेल नखेल्ने बताईएको छ । पछिल्ला खेलमा ब्राजिलले कमजोर प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनाले भने राम्रो नतिजा निकालिरहेको अवस्था छ । त्यसैले यी दुई टोलीमा कस्ले जित्ला भन्ने कौतुहलता बढेको छ ।