२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फराकिलो जितसंगै ईङ्ल्याण्ड युरोकपमा छनोट



अ+ अ-

ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ । बिहिबार राति भएको खेलमा ईङ्ल्याण्डले मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो । ईङ्ल्याण्डले आफ्नो एक हजारौ खेलमा महत्वपुर्ण जित्न आत्मसाथ गर्यो । समूह ‘ए’ को खेलमा घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि ईङल्याण्डले प्रभावशाली जित रच्यो ।

कप्तानी ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरेको खेलमा ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरेका थिए । एक आत्मघाती गोल ईङल्याण्डले उपहार पाएको थियो । ह्यारीले छनोटको खेलमा ह्याट्रिक पुरा गरेर ईङल्याण्डको सर्वाधिक ५ गोलकर्ताभित्र अटाएका छन् । चाम्बरलिनको गोलबाट ११ औ मिनेटमा ईङ्ल्याण्डले खेलमा अग्रता बनाएको थियो ।

१८ औ मिनेटमा केनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले २४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । खेलको ३० औ मिनेटमा रासफोर्डले टोलीका लागि चौथो गोल गरे । ३७ औ मिनेटमा केनले ह्याट्रिक पुरा गरेका थिए । ६६ औ मिनेटमा सोफ्रनाकले आत्मघाति गोल गरेपछि ईङ्ल्याण्ड खेलमा ६–० ले अघि बढेको थियो ।

८४ औ मिनेटमा अब्राहमले गोल गर्दै ईङल्याण्डलाई ७–० को जित दिलाउन सफल रहे । राष्ट्रिक टिमका लागि अब्राहमको पहिलो गोल समेत हो । समूह एको खेलमा ईङ्ल्याण्डले ७ खेलबाट १८ अंक जोड्यो । मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा रह्यो ।