२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो टी–ट्वान्टीमा अफगानिस्तानमाथी वेष्ट इण्डिजको विजयी



अ+ अ-

अफगानिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिज विजयी भएको छ । बिहिबार राति भएको खेलमा अफगानिस्तानलाई ३० रनले वेष्ट इण्डिजले हराएको हो । लखनउमा वेष्ट इण्डिजले दितेको १ सय ६५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागी नाजिबउलाल्ह जाड्रानले २७ तथा अस्घर अफगानले २५ रन बनाएका थिए ।

यसैगरी फारिड अहमेदले अविजित २४ रन जोड्दा हजरातउलाल्ह जाजईले २३ रन बनाएका थिए ।वेष्ट इन्डिजका लागी केस्रिक विलियम्सले ३ विकेट लिएका थिए । यस्तै केइरन पोलार्ड र हेडेन वाल्शले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इभिन लेविसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

केइरन पोलार्डले अविजित ३२ तथा सिम्रोन हिटमायरले २१ रन बनाए । अफगानिस्तानका गुल्बादिन नाइबले २ विकेट लिन सफल रहे । जितसँगै ३ खेलको सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ ।