२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट



अ+ अ-

काठमाडौँ। पछिल्लो एक सातामा शेयर बजारमा मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ । 

अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ । यो साता चार दिन मात्रै कारोबार भएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ । पछिल्लो दुई साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा यो साताको अन्तिम कारोबारको दिन बिहीवार ५० अंक भन्दा बढीले बढेको छ ।

साताको अन्तिम कारोबारको दिन बिहीवार ५२.३१ अंकले नेप्सेमा वृद्धि भएर २ हजार ५६६.९० विन्दुमा रोकिएको छ । यो साताको बिहीवारसम्मको  कारोबारमा २०.३ अंकले गिरावट आएर २ हजार  ५६६.९० विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको थियो । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक अंक बढेको थियो भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको थियो । आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको थियो ।  नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलवार भने अन्तर्राष्ट्रिय ११२ औँ महिला दिवस परेकाले शेयर कारोबार बन्द भएको थियो ।

नेप्से परिसूचक बुधबार ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ । बिहीबार कारोबारमा २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो सातामा २०.३ अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले २ खर्ब ९ अर्ब ९३ करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको विहीबारको कारोबारपछि ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । 




भर्खरै