२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित



अ+ अ-

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरोछनोटमा लिथुनियालाई ६–० ले हराएको छ । बिहिबार राति घरेलु मैदानमा भएको खेलमा प्रभावशाली जित निकाल्दै युरोछनोटको नजिक पुग्न पोर्चुगल सफल भएको छ । पोर्चुगलका लागि रोनाल्डोले ९८ अन्तराष्ट्रिक गोल गर्न सफल रहे । ३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् । खेलको सातौ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए ।

५२ औ मिनेटमा एफोन्सो फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए । मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरेका थिए । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । त्यसको दुई मिनेटपछि आफ्नो ह्याट्रिक पुरा गर्न रोनाल्डो सफल भए । युभेन्ट्सका स्टार रोनाल्डोले क्लबबाट पछिल्लो दुई खेल पुरा समय खेल्न पाएका छैनन् ।

साविक विजेता पोर्चुगलले आईतबारको खेलमा लक्जमवर्गलाई हराउन सकेमा युरोकपमा छनोट हुनेछ । पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।