२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह



अ+ अ-

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज आयोजित उप निर्वाचनको प्रचार प्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप-निर्वाचनमा काङ्ग्रेसको जीत आवश्यक भएको बताए ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय प्रतिनिधिसमेत तोकिएका नेता रिजालले पार्टीले लामो समयसम्म समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै यस निर्वाचन क्षेत्रको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गरे ।

उम्मेदवार पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै कास्की क्षेत्र नं २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलोमा क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला (मधु), नगर सभापति बजिरमान श्रेष्ठ लगायत सहभागी छन् ।