२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन २०७६: नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै



अ+ अ-

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए ।

नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए पनि क्षेत्रीय समितिबाट टुङ्ग्याउनुपर्ने भएकाले छलफल चलिरहेको जनाएको छ । काङ्ग्रेस क्षेत्रीय समितिका सभापति कञ्चनचन्द्र बादेले छलफल गर्न अझै बाँकी रहेकाले दर्ता गर्ने समयसम्ममा टुङ्गो लाग्ने बताए । धुलिखेल नगरपालिका–२ का लागि हुने निर्वाचनमा एक हजार ८७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९४९ र पुरुष ९२८ ले मतदान गर्न पाउनेछन् । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताए । निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले बताए।