२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा (सयुक्त) ले धार्मिक जागरण यात्रा गर्ने



अ+ अ-

काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले सो जानकारी गराएको हो । पार्टीका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर ज.ब.रा.को संयुक्त नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला हो । यसै मान्यता शिरोधार्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले आगामी कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्नेछ ।’

पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभुी जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । विज्ञप्तीमा थप भनिएको छ,‘यो रथ यात्रालाई सार्थक र उपलब्धीमूलक बनाउन व्यापक जनसहभागिताको आवश्यकत्ता पर्दछ नै । यस सन्दर्भमा मुलूकलाई हिन्दूराष्ट्र कायम गर्ने यस अभियानमा सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थनको लागि हामी अपिल गर्दछौं ।’

नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘गौरवशाली इतिहासको पदचिन्हमा संविधान प्रदत्त अधिकारको प्रयोगलाई समयको माग र जनचाहनाअनुसार उपलब्धीमूलक तुल्याउने हाम्रो ध्येय हो । जनताको राय बिना लादिएको धर्म निरपेक्षता हाम्रो मूलुक, देश काल परिस्थिति अनुकुल छैन् । अतः नेपाललाई संविधानमै सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र उल्लेख गर्ने लक्ष्य अवलम्बन गरेको यस पवित्र अभियानमा ९४ प्रतिशत ॐकार परिवार लगायतमा आम नेपालीलाई सहयोग, सद्भाव र सक्रिय सहभागिताका लागि पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हार्दिक आह्वान गर्दछ ।’