२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरविन्दले मोदी सरकार छोड्ने



अ+ अ-

मुम्बई । शिवसेनाका मन्त्री एवम् लोक सभा मुम्बईका सांसद अरविन्द सावन्तले उद्योग तथा उद्यम मन्त्रीबाट राजीनामा दिने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटमा एक्ला शिवसेना मन्त्री रहेका सावन्तले सोमबार राजीनामा दिने घोषणा गरेका हुन्।

राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी)ले महाराष्ट्र प्रदेशमा शिवसेनाको सरकार बनाउन सहयोग गर्ने निर्णय गरेपछि उनले राजीनामा दिने भएका हुन्। ‘म मोदी सरकारको मन्त्री पदबाट राजीनामा दिँदैछु’ उनले एएनआईलाई भनेका छन्। उनले शिवसेना सत्यको पक्षमा आइसकेको बताएका छन्।

गत अक्टोबर २४ तारिखमा प्रदेश सभा चुनावको नतिजा सार्वजनिक गरिएको थियो। शिवसेना र बिजेपीले एकता गरी चुनाव लडेका थिए जसबाट उनीहरुले १०५ सिट हासिल गरे। शिव सेना एक्लैले ५६ सिट हासिल गरेको थियो।

त्यो चुनावका आधारमा बिजेपी र शिवसेनाबीच मुख्य मन्त्रीको पद बाडफाँड गर्ने निर्णय भएको थियो। बिजेपीले चुनावपछि शिवसेनालाई केही मन्त्रालय तथा उप मुख्यमन्त्रीको पद दिने आश्वासन दिँदै आएको थियो।