२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लियो



अ+ अ-

काठमाण्डौ । नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता १२औँ स्थानमा उक्लिएको हो ।

टी २० वरीयतामा अघिल्लो महिना दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ । वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् ।

यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।