२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा अतिक्रमणबारे नेकपा सक्रिय, सचिवालयमा छलफल हुँदै



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाले भारतसँगको सीमा समस्यालाई पार्टी सचिवालय बैठकको एजेन्डा बनाउने तयारी गरेको छ । सचिवालय बैठकको तयारीका लागि आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरे । दुई नेताले पार्टीको एकता प्रक्रियाका बाँकी काम टुंग्याउन पनि गृहकार्य गरेको पार्टी स्रोतले बताएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान ९ बजे डाकिएको केन्द्रीय सचिवालय बैठकमा समसामायिक राजनीतिक परिस्थिति र एकताका बाँकी कामबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी गराए ।

लिपुलेक र कालापानी आफ्नो भूभागमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकको निष्कर्ष र सुझावका आधारमा भारतसँग समस्या समाधानका लागि संवाद गर्नेबारे नेकपा सचिवालयले छलफल गर्ने स्रोतले जनाएको छ । आइतबार ओली र प्रचण्डबीच छलफल हुँदा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

नेकपामा केन्द्रीय निकायहरू–अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ । दुई अध्यक्षबीच ती सबै निकायका काम टुंग्याउनका लागि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ । २२ कात्तिकमा पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले २५ गतेभित्रै एकताको बाँकी काम टुंग्याइने दाबी गरेका थिए ।

दुई अध्यक्षको कार्यशैलीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग भने ओली र प्रचण्डले बैठकबारे बेग्लै छलफल गरेका छैनन् । महासचिव पौडेलले छिट्टै पार्टी स्थायी समितिको बैठक नै बोलाउने तयारी भइरहेको बताए । ‘हामी छिट्टै स्थायी समिति बैठक बोलाउने तयारीमा छौँ, बैठक बस्न धेरै ढिलो भइसकेको छ’, पौडेलले भने, ‘मिति तय भइसकेको छैन, तर अध्यक्षद्वयसँगको परामर्शमा तोकिनेछ ।’

नेकपाले १७ र १८ कात्तिकमा स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको थियो, तर अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । नेकपाको स्थायी समिति बैठक अघिल्लो वर्षको २९ मंसिरयता बस्न सकेको छैन । नयाँ पत्रिका दैनिकबाट