२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश



अ+ अ-

हेटौँडा । ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताउनुभयो । सरकारले राष्ट्रियताका पक्षमा काम गरिरहेको उहाँको भनाइ थियो ।