२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल किर्गीस्तानसँग खेल्दै



अ+ अ-

इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार तेहरानस्थित पीएएस रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा भएपनि बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ । समूह डी मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।

२ खेलमा ६ अंक जोडेर किर्गीस्तान दोस्रो स्थानमा रहेको छ । छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४–० गोलको हार व्यहोरेको थियो । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।