२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको शानदार गोलमा वायर्नको जित



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा बोरुसिया डर्टमण्डलाई ४–० गोलको फराकिलो अन्तरले वायर्नले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा १७ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीको गोलले वायर्नलाई सुरुवाती अग्रता दिलाएकोथियो । सेर्गी गनाब्रेको ४७ औं मिनेटमा गरेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लेवान्डोस्कीले खेलको ७६ औं मिनेटमा दोस्रो गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गर्दै वायर्न ४–० ले विजयी भयो ।

जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।