२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम प्रकरण : सशस्त्र प्रहरीका एसपी खोज्न प्रहरीले गुहार्यो मुख्यालय



अ+ अ-

काठमाडौं । १२ बर्ष अघि रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ । बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा तत्कालिन एसपी लामाको बयान लिनु पर्ने भए पनि उनी नभेटिएपछि सहयोग गरिदिन भन्दै प्रधान कार्यालयमा पत्राचार गरिएको हो ।

अनुसन्धान अधिकृतको पत्राचार अनुसार प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै इकाइहरुमा लामालाई खोज्न सहयोग गर्नू भनी पत्राचार गरेको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।

२०६४ चैत २७ गते बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोपमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमलगायतविरुद्ध अदालतमा मुद्दा दायर छ ।

प्रहरीका अनुसार पत्रपछि इन्टरपोल नेपालसँग पनि सहयोग मागिएको छ । तर, लामालाई मुद्दामा प्रतिवादी नबनाएकाले इन्टरपोलबाट कुनै प्रकृतिको नोटिस जारी हुने सम्भावना भने नरहेको इन्टपोलका एक अधिकृतले बताए ।