२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपालले घरेलु टिम इरानको सामना गर्दै



अ+ अ-

काठमाडौं । एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज (शुक्रबार) नेपालले घरेलु टिम इरानको सामना गर्दैछ । छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो । खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको नेपाल इरानविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । बलियो टोली इरान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा इरानले किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । शुक्रबार नै हुने पहिलो खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।

समूह डी मा इरान र युएईको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा युएई पहिलो स्थानमा रहेको हो । यस्तै नेपाल र किर्गीस्तान भने अंक विहीन रहदै तेस्रो र चौथो स्थानमा छन् ।