२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ महिनाको वर्ष !



अ+ अ-

काठमाडौं । २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्वाव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ। पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो।

यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो। ‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’ उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १/१ महिना सार्न आवश्यक छ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा।रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताए। यसमा पञ्चांग सहमत हुनै नसक्ने उनको भनाइ छ। ‘भारतमा १५० वर्षदेखि ११ महिना बनाउनुपर्छ भने पनि अहिलेसम्म सम्भव भएको छैन’, गौतमले अन्नपूर्णसँग भने, ‘७२ वर्षमा एक दिन वर सर्छ तर सूर्य र चन्द्रमाको गति नमिलेजस्तो देखिए पनि २७ डिग्री पुगेपछि आफैं मिल्छ।’

२१६ वर्षसम्म नमिलेमात्र सच्याउनुपर्ने उनको तर्क छ। उनले भने, ‘राजनीति र भूगोल फरक भए पनि दक्षिण एसियाको संस्कृति एउटै भएकाले सच्याउने हो भने दक्षिण एसियाका सबै देश एक भएरमात्र सच्याउनु पर्छ।’ अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं नेपाल पञ्चांगका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले सरकार यसअघि यो विषयमा चुकिसकेकाले पुनः मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि गम्भीर भएर सोच्नुपर्ने बताए।

‘धर्मसंस्कृतिजस्तो संवेदनशील विषयमा सरकारले हचुवाको भरमा निर्णय गर्नै हुँदैन, जनताले त २०६५ सालमै सरकारलाई ११ महिना मान्दैनौं भनेर जवाफ दिइसके’, उनले भने। उनका अनुसार ११ महिना बनाउँदा महाशिवरात्री मनाउन भारतबाट आउने हजारौंको संख्यामा साधुसन्त र जोगी फागुनमा आउँदा माघमै सकिएको हुन्छ। भट्टराईले भने, ‘११ महिना लागूको निर्णय भयो भने सारा संसार अर्कोतिर हुन्छ। पञ्चांग तयार पार्दा मिनेटमात्र होइन सेकेन्डको महत्व हुन्छ।’

पर्वसुधार समितिका संयोजक मल्लले ११ महिना बनाउनेमा पञ्चांग निर्णायक समितिको सहमति नभएको स्वीकारे। ‘पञ्चांगको निहीत स्वार्थ छ, त्यहाँ संलग्न र अन्य केही फलित ज्योतिषीले कमाइ कम हुने वा पेशा विस्थापित हुने भनेर विरोध गरेका हुन्’, उनले भने, ‘२०७७ सालमा मलमास छ, यो १३ महिनाको हुन्छ त्यसैले घटाउन लागेका हौं।’

उनले २०७७ सालमा सम्भव नभए ०८० सालमा भए पनि घटाउने जानकारी दिए। पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला संस्कृतिमन्त्री गोपाल किँराती र सचिव छविराज पन्त हुँदा ०६७ को वैशाख महिनामा पर्ने महिना अधिकमासलाई साधारण सरह गरी चान्द्र पर्वहरू एक महिना वर तान्ने निर्णय गरिएको थियो। अन्नपुर्णपोष्ट दैनिक