२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो दर्ता स्वतन्त्र उम्मेदवार



अ+ अ-

काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराउनुभयो ।
त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराउनुभयो । दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो ।

दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ । जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश ९क० मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।




भर्खरै