२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा बढ्यो चुनावी सरगर्मी



अ+ अ-

कास्की । नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ ।

को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत भइरहेको छ । राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।

कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपाले विद्या भट्टराई, नेपाली काङ्ग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीका ठूला तथा साना दलले निर्वाचन अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा नेकपाका उम्मेदवार भट्टराईले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको जन्म स्थान भरतपोखरीबाट अग्रजको आशीर्वाद लिएर चुनावी अभियानको शुरुआत गर्नुभएको छ । काङ्ग्रेसले मनोनयन दर्तापछि चुनावी अभियानलाई व्यापक बनाउने बताएको छ । त्यसैगरी साझा, विवेकशील, राप्रपा र समाजवादीले पनि निर्वाचन परिचालन समिति बनाएर आफ्नो चुनावी अभियानलाई सशक्त बनाएको बताएका छन् । उक्त क्षेत्रमा ७१ हजार ८७१ मतदाता तथा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।