१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरपीडितलाई वडाध्यक्षको सहयोग



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगपालिका – ६ घनचक्रेका रक्तक्यान्सरपीडित राजन कार्कीलाई जिल्लाकै रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारको लागि रु एक लाख ८१ आर्थिक सहयोग गर्नुभएको छ ।

जग्गासमेत नभएर ऐलानी जग्गामा बस्दै आएका आर्थिक विपन्नता भएका ४४ वर्षीय कार्कीलाई रक्तक्यान्सर भएपछि उपचारको लागि रु दश लाखसम्म खर्च लाग्ने सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालका चिकित्सक तथा प्रतिनिधिले बताएपछि कार्की र कार्कीका आफन्तहरुले उपचारको लागि खर्च जुटाउन थालेको कार्कीले बताउनुभयो ।
यसै क्रममा रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष रासकोटीले आफ्नो तर्फबाट कार्कीको उपचारको लागि रु एक लाख ८१ सहयोग गरेको क्यान्सरपीडित कार्कीले बताउनुभयो । अध्यक्ष रासकोटीकाअनुसार कोही पनि गरिबीको कारण उपचारको अभावमा मर्न नपरोस् भनेर आफूले आफ्नो तर्फबाट केही आर्थिक सहयोग सङ्कलन गरेर राजन कार्कीको उपचारका लागि सहयोग गरेको बताउनुभयो ।

सबै धनी गरीब जो सुकै भए पनि मिलेर बाँच्नुपर्छ र एकले अर्कालाई बचाउनु आपतविपत पर्दा सहयोग गर्नु हामी नेपालीको संस्कार भएको कारण आफूले पनि कार्कीको उपचारको लागि सानो रकम सहयोग गरेको अध्यक्ष रासकोटीको भनाइ छ ।

केही दिनभित्रै कार्कीको सुनसरीस्थित बिपी मेमोरियल अस्पतालमा उपचारको तयारी भइरहेको कार्कीले बताउनुभएको छ ।