२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकोसलाई हराउँदै वायर्न अन्तिम १६ मा प्रवेश



अ+ अ-

जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको खेलमा वायर्नले ओलम्पिकोसलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गरेको हो । घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले खेलको ६९ औं मिनेटमा गोल गर्दै वायर्नलाई १–० को अग्रता दिलाएका थिए ।

यो सँगै लेवान्डोस्की च्याम्पियन्स लिगको समूह चरणको लगातार आठ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । त्यसपछि इभान पेरिसिचले खेलको ८९ औं मिनेटमा गोल गर्दै वायर्नलाई २–० को जित दिलाएका हुन् ।

जितसँगै समूह ‘बी’ को वायर्नले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, नकआउट चरणमा स्थान पक्का गरेको छ । १ अंक जोडेको ओलम्पिकाओस पुछारमा रहेको छ ।