१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्र शपथ खाने र खुवाउने दुई एकै ठाउँमा



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सोमबार पूर्वसभामुख कृष्णबहादुर महरालाई पु’र्पक्षका लागि डिल्लीबजार कारागारमा जेल चलान गरेको छ । जिल्ला अदालतको आदेशअनुसारसंगै डिल्लीबजार कारागारमा शपथ खाने र खुवाउने एकै ठाउँमा भेटिएका छन् ।

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई ब’लात्कार प्र यास गरेको अभियोग लागेका महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । यसअघि महरा २८ दिन प्रहरीको थुनामा थिए ।

भीभीआईपी अभियुक्तलाई डिल्लीबजार कारागारमा राखिँदै आएको छ । महरालाई पनि कारागारको ‘क’ ब्लकमा राखेको डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले बताए । उनको नजिकैको रूममा पूर्व आईजीपी रमेशचन्द ठकुरी छन् ।

महरासंगै डिल्लीबजार कारागारमा कैलाली १ बाट निर्वाचित सांसद रेशमकुमार चौधरी, प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरी, तत्कालीन किस्ट बैंकका सीईओ कमल ज्ञवाली, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइराला, पूर्व सासंद डीबी कार्कीसमेत डिल्लीजार कारागारमै राखिएको छ ।