१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटनाग्रस्त



अ+ अ-

दाङ । नेकपाकी सचेतक शान्ता चौधरीले चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

सचेतक चौधरी सकुशल अवस्थामा छन् । सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको चालक रतन चौधरीले बताएका छन् । चालक चौधरी पनि सकुशल छन् ।

गाडी चालक चौधरी अहिले लमही प्रहरीको नियन्त्रणमा छन् । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए । सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।