२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजाक्सविरुद्वको खेलमा कान्टे मैदानमा उत्रने



अ+ अ-

मिडफिल्डर एनगोलो कान्टे अजाक्सविरुद्वको खेलमा मैदान फर्कने चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डले बताएका छन् । प्रशिक्षक लाम्पार्डले आफ्ना स्टार मिडफिल्डर मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अजाक्सविरुद्वको खेलमा मैदानमा देखिने बताएका हुन् । फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पछिल्लो महिना मैदानमा देखिएका छैनन् । युरो छनोटको आईसल्याण्ड विरुद्वको खेल अगाडी वार्मअपको क्रममा उनी घाईते भएका थिए ।

जसकारण उनले चेल्सीको पाँच खेल समेत गुमाएका थिए । उनी मंगलबार अभ्यासमा फर्किएका छन् । र घरेलु मैदानमा डच च्याम्पियन अजाक्सलाई निमन्त्रणा गर्ने क्रममा उनी मैदान देखिने प्रशिक्षक लाम्पार्डको दाबी छ । उनी टोलीमा समावेश रहेका र चोट निको हुने क्रम जारी रहेको लाम्पार्डले बताएका छन् ।

चेल्सी प्रशिक्षकले एन्टोनियो रुडिगर टिममा फर्कने बिषयमा भने अनिश्चितता ब्यक्त गरे ।च्याम्पियन्स लिगको समुह एचमा रहेको चेल्सी र अजाक्सको समान ६ अंक रहेको छ । गोल अन्तरका आधारमा चेल्सी शीर्ष स्थानमा छ । तेस्रो स्थानको भ्यालेन्सियासंग २ अंकको अग्रता छ।

पछिल्लो खेलमा वाटफोर्डलाई लाम्पार्डको टिमले २–१ ले हराएको थियो । र प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई राख्न सफल पनि भएको छ । च्याम्पियन्स लिग लगत्तै चेल्सीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससंग खेल्नेछ ।