२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा भक्तपुर कार्यालयमा नेता कार्यकर्ताले गरे तालाबन्दी



अ+ अ-

भक्तपुर । आगामी १४ मंसिरमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा गत निर्वाचनका बागी उम्मेदवारलाई पार्टी केन्द्रले टिकट दिएपछि नेकपा स्थानीय नेता तथा कार्यकर्ताले पार्टी कार्यालय भक्तपुरमा तालाबन्दी गरेका छन् । सोमबार बिहानै कार्यालय पुगेका करिब दुई सय स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् । कार्यालयको मूलढोकामा तालाबन्दी गर्दै उनीहरूले नाराबाजीसमेत गरे ।

गत निर्वाचनमा पार्टी गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका देवीप्रसाद ढकाल (डिपी)लाई भक्तपुर १ (क) लाई उम्मेदवार बनाउने निर्णय फिर्ता लिनुपर्ने उनीहरूको माग छ । ढकाल नेकपाका जिल्लासचिव छन् । पार्टीले कार्यकर्ताको भावनाविपरीत उम्मेदवार चयन गरेकाले निर्णय सच्याउन माग गर्दै तालाबन्दी गर्नुपरेको जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले बताइन् । ढकाल पूर्व माओवादी पृष्ठभूमिका हुन् भने असन्तुष्टि जनाउने पूर्वएमाले पृष्ठभूमिका हुन् ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको थियो । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादी गठबन्धनका तर्फबाट हरिशरण लामिछाने विजयी भएका थिए । तर, गठबन्धनको निर्णय अस्वीकार गर्दै बागी उम्मेदवार बनेका ढकालले सात सय ८४ मत ल्याएका थिए ।

जिल्ला कमिटीका अर्का सदस्य साधुराम दाहालले अघिल्लो निर्वाचनमा बागी बनेका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने माग गरे ।

पार्टी निर्णय मान्नुको विकल्प छैनः अध्यक्ष देउजानेकपा भक्तपुर अध्यक्ष वचन देउजाले ताला खोल्नका लागि पहल भइरहेको बताएका छन् । उनले पार्टीको निर्णयलाई मानेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । भक्तपुरबाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि जिल्ला कमिटीले ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । प्रदेश कमिटीले भने ढकालसहित रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र नारायणी फुँयालको नाम केन्द्रमा पठाएको थियो । नयाँ पत्रिका दैनिकबाट