२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख नियुक्तिमा नेकपा नेताकै आपत्ति



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले चयन गरेका प्रदेश प्रमुखवारे नेकपाकै नेताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका छन्।

नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखका सिफारिस गरेको दाबी गरेका छन्। नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेकामध्ये नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका विष्णु प्रसाई मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए।

उनले यसैलाई इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्। ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ’, रिजालले भनेका छन्, ‘तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

यस अघि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रदेश प्रमुखको छनौटमा विरोध गरेका थिए । नेता नेपाल नेकपाको विदेश विभागका प्रमुख हुन् भने रिजाल उप प्रमुख हुन ।