१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो : सभापति पोख्रेल



अ+ अ-

चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकूलता वा प्रतिकूलतामा फेरबदल गर्नसक्ने स्पष्ट पार्नुभयो ।

“उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैँले पद छाड्नु बुद्धिमता हुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो”, पोखरेलले भन्नुभयो ।

कानून कार्यान्वय, अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकार पूर्णरुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले विकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुशासनका विषयमा सकारात्मक प्रयासहरु भइरहेकाले जनतासँग भएका प्रतिबद्धताहरु पूरा हुनेछन् ।”

चितवन क्षेत्र नं २ का सांसद पोखरेलले यहाँको विकास निर्माणमा भएका प्रगतिसमेत सुनाउनुभएको थियो । आफ्नो निर्वाचन क्षेत्रको केही पहाडी बस्तीमा रहेको विद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । महासङ्घ चितवनको भौतिक संरचना निर्माणका लगि सांसद विकास कोषबाट केही रकम उपलब्ध गराउने प्रतिबद्धता सांसद पोखरेलले व्यक्त गर्नुभयो ।

महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै सांसदहरुसँग यस खालको कार्यक्रम क्रमशः गर्दै जाने जानकारी दिनुभयो ।