२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई २०२ रनको चुनौती



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए । यस्तै विल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन शर्राफ र ललित राजवंशीले चार÷ चार विकेट लिए । अविनाश बोहरा र करण केसीले एक÷एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीको यो दोस्रो खेल हो । आइतबार सम्पन्न पहिलो खेलमा एमसीसीले उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको थियो ।