काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनबाट हिजोआज दैनिक १ सय ५० जनाको राहदानी सिफारिस हुने गरेको छ । अमेरिका जाने डिभी चिठा भर्न राहदानी अनिवार्य गरिएपछि एक महिनामा तेब्बर बढीले राहदानी सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सिफारिस लिनेमध्ये पनि एकतिहाइले दु्रत सेवाको शुल्क बुझाएका छन् । त्यसरी अतिरिक्त राजस्व बुझाएपछि सीधै राजस्व विभागबाट राहदानी लिन सकिन्छ ।
‘डिभी खुल्नुअघि औसतमा दैनिक ५० वटा जति राहदानी सिफारिस हुने गरेको थियो,’ जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले भने, ‘अहिले दैनिक एक सय ५० को हाराहारीमा सिफारिस हुने गरेको छ ।’

दोब्बर राजस्व बुझाउने धेरै:तत्काल राहदानी बनाई डिभी भर्नेहरूले जिल्लाबाट सिफारिस लगेर काठमाडौंबाट दु्रत गतिमा बनाउने गरेका छन् । जिल्लाबाट सिफारिस भएर जाँदा कम्तीमा १५ दिनदेखि २० दिनसम्म लाग्ने गरेको छ । जम्मा ५ हजार रुपैयाँ लाग्छ । तर, दु्रत सेवा लिन चाहेमा दोब्बर राजस्व बुझाई काठमाडौंबाट तीन फरक अवस्थामा लिन सकिन्छ ।
एकै दिनमा चाहेमा १५ हजार, दुई दिनमा चाहेमा १२ हजार र ३ दिनमा १० हजार राजस्व बुझाएपछि राहदानी पाइन्छ । अघिल्लो आर्थिक वर्षको राहदानी विवरण हेर्दा चितवन जिल्ला प्रशासनमार्फत मासिक दुई हजार ५ सय ४० राहदानी सिफारिस हुने गरेको छ ।
डिभी भर्न ठेलमठेल:अमेरिकाले डिभी चिठा खुला गरेपछि हरेक वर्षझैँ यस वर्ष पनि डिभी भर्ने नेपालीको भिड लागेको छ । कम्युनिकेसन सेन्टर, फोटो स्टुडियोमा डिभी भर्नेको भिड लागेको छ ।
मनकामना कम्युनिकेसन सेन्टर पुल्चोक नारायणगढका सञ्चालक यतीराज सापकोटाले डिभी भर्नेहरूको घुइँचो लाग्ने गरेको बताए । डिभी भर्ने लाइनमा भेटिएकी साधना अर्यालले भनिन्, ‘चिठा न हो प(यो भने त परिगयो नि । नयाँ पत्रिका दैनिकबाट












