२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्र्यानिक खेतीसम्बन्धी प्रशिक्षण



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्यानिक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो ।

वडा नं १० को विशेष व्यवस्थापनमा जापानिज संस्थाका प्रतिनिधि नोरिको र हिरोकोको सहजीकरणमा कृषि ज्ञान केन्द्र गुल्मीको बाली विज्ञान अधिकृत कविता सुवेदी, जेफ्स (वबाक) का रेजिमा थापामगरले प्रशिक्षण दिएको बूढीचौर कृषि सहकारी सस्ंथाका अध्यक्ष प्रेमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रशिक्षण कार्यक्रममा अग्र्यानिक खेती गर्ने तरिका, प्राङ्गरिक मल बनाउने तरिकाका साथै कम्पोष्टमल, गोठेमल, गड्यौलेमल, हरियोमल, झोलमल बनाउने तरिकाका बारेमा जानकारी गराइएको थियो ।

वडा नं १० लाई कसरी रासायानिक मल विषादीरहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं १० का अध्यक्ष जीवनकुमार थापामगरले यो प्रशिक्षणपश्चात् अग्र्यानिक खेती गर्न चाहनेलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताए । प्रशिक्षणमा सहकारी संस्थाअन्तर्गत विभिन्न समूहका २० जनाले भाग लिइरहेका छन् ।