२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

अस्थायी नम्बर प्लेट एमएच१४टीसीजे ४७१ रहेको बोलेरो जिप सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा हालसम्म नाम, थर र वतन नखुलेका दुई पुरुष र एक महिलाको शव फेला परेको छ।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ।