२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन् । उक्त सडक दुई वर्षभित्र कालोपत्र गर्न पाँच वर्षअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

गत जेठमा पुनः समयावधि थपिए पनि काम नभकामा सर्वसाधारण रुष्ट छन् । चालु आर्थिक वर्षभित्र काम पूरा नगरे कारबाही हुने कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले चेतावनी दिनुभयो ।

उक्त खण्ड कालोपत्र गर्न रु ४८ करोड १२ लाख ५६ हजार ५२३ मा सम्झौता भएको हो । निर्माण व्यवसायी दिनबन्धु काफ्लेले बजेट नहुँदा कामले गति नलिएको स्वीकार गर्नुभयो । पर्याप्त कामदार र उपकरण परिचालन गरेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।