२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हजार नेपाली ‘थालासेमिया’ रोगबाट पिडित, जस्को नेपालमा उपचार नै छैन्



अ+ अ-

काठमाडौं । नेपालमा १० हजार जनसंख्या थालासेमिया (अपुष्ट रक्तकोषको समस्या) रोगबाट पीडित छन् । यो जन्मजात लाग्ने रोग हो । सिकलसेल एनिमियाजस्तै हो यो रोग । सिकलसेल एनिमिया थारू समुदायलाई मात्रै लाग्छ भने थालासेमिया सबै समुदायमा देखिएको छ । थालासेमियाका बिरामी ठूलो संख्यामा भए पनि उनीहरूको उपचारमा चाहिने औषधि नेपालमा पाइँदैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामसुन्दर यादवका अनुसार यस्ता रोग लागेका बिरामीलाई ‘चिलेटिङ एजेन्ट’ नामक औषधि दिने गरिन्छ । यो औषधि नेपालको औषधि व्यवस्था विभागमा दर्तासमेत छैन । विभागमा औषधि दर्ता नहुँदासम्म नेपालभर त्यसको बिक्री–वितरण गर्न कानुनी रूपमा पाइँदैन । औषधि उपलब्ध नहुँदा दश हजार बिरामीका लागि उपचारमा समस्या परेको यादवले बताए ।

एउटै प्रकृतिको रोग सिकलसेल एनिमियामा राज्यले ठूलो लगानी गरेको छ । उनीहरूको उपचारमा सरकारले एक लाख रुपैयाँसमेत सहयोग दिएको छ । तर, थालासेमियाका बिरामीले राज्यबाट औषधिको समेत सुविधा पाउन सकेका छैनन् ।

नेपालमा औषधि किन्न पाइँदैन: चिकित्सकका अनुसार विशेषगरी बालबालिकामा थालासेमिया देखापर्छ । यो रोगको निराकरणका लागि बोनम्यारो ट्रान्सप्लान्ट अन्तिम उपाय हो । बोनम्यारो ट्रान्स्प्लान्ट गर्न नसक्ने अवस्थामा समय–समयमा रगत चढाएर बिरामी बचाउने गरिन्छ । बोनम्यारो ट्रान्स्प्लान्टका लागि १२ देखि १५ लाख रुपैयाँ खर्च हुन्छ  । नेपालमा थालासेमिया बिरामीका विषयमा स्वास्थ्य मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखाले नै अनुसन्धान गरेको थियो ।

उक्त अनुसन्धानले बिरामीको संख्या धेरै रहेको र नेपालमा यसको औषधि नपाइने भन्दै सोच्न मन्त्रालयलाई सुझाबसमेत दिएको थियो । हेमोग्लोबिन रगतमा भएका कारण रगत रातो हुन्छ । हेमोग्लोबिनले अक्सिजनलाई बोकेर शरीरको कोषिका (सेल) सम्म पुर्याउँछ । यसले रातो रक्तकोषिका १२० दिन बाँच्छ, तर यो रोगमा रातो रक्तकोषिका १० देखि २० दिनभित्रमा मर्छ । यसले गर्दा शरीरमा अक्सिजन ओसारपसारमा समस्या हुने गर्छ ।

‘रगतमा हेमोग्लोबिनको मात्रा कमी भएमा रगत चढाउनुपर्ने हुन्छ । रगत चढाए पनि बिरामीमा आइरनको मात्रा बढेर जान्छ । यसरी आइरन बढेर जाँदा यसलाई शरीरबाट बाहिर निकाल्न औषधि आवश्यक पर्छ,’ यादवले भने ।

भेरी अञ्चल अस्पतालमा मात्रै उपचार: थालासेमियाको उपचार भेरी अञ्चल अस्पतालमा मात्रै हुने गरेको छ । त्यसैले देशभरबाट थालासेमियाका बिरामी उपचार सेवा लिन भेरी अस्पताल पुग्ने गरेका छन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका कारण भारतबाट तराईका जिल्लामा ‘ब्ल्याक’मा किनबेच भइरहेको स्वास्थ्य सेवा विभागका अधिकारीहरू बताउँछन् ।

‘दश हजारजना बिरामीलाई थालासेमियाको औषधि आवश्यक छ । नेपालमा पाइँदैन, त्यसैले भारतबाट ब्ल्याकमा ल्याएर दिनुपरेको छ,’ विभागका एक कर्मचारीले भने । विपन्न नागरिकलाई दिने सुविधामा आठ रोगको सूची रहेको छ । सो सूचीमा थालासेमिया समावेश छैन । नयाँ पत्रिका दैनिकबाट