२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले प्रस्तुत प्रमाणहरूको आधारमा अधिकारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश जारी गरेको हो।

सरकारी वकिलको तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए भने प्रतिवादी अधिकारीका पक्षबाट आठ जना कानुन व्यवसायीले बहस गरेका थिए।

अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौँ ल्याइएको थियो। उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ।

एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। यस मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।