२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु



अ+ अ-

झापा। झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर हँस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमाटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।  रासस